Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गुडिरहेको मोटरसाइकल माथिबाट ढुङ्गा खस्यो : एकको मृत्यु


12K
Shares

गुडिरहेको मोटरसाइकल माथिबाट ढुङ्गा खस्यो : एकको मृत्यु

नागरिक सवाल
काभ्रेपलाञ्चोक १३,भदौं । गुडिरहेको मोटरसाइकल माथिबाट ढुङ्गा खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् ।

मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतिसकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology