Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या


4K
Shares

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

भोजपुर १२, भदौं । श्रीमतीको हत्या गरेर श्रीमानले गएराती आत्माहत्या गरेका छन् । भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गएराती बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर आफुले घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology