Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै सुत्केरीको ज्यान गयो


5.2K
Shares

गोरखामा उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै सुत्केरीको ज्यान गयो

गोरखा ११, साउन : उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै एक सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ चुम्चेतकी २५ बर्षिया दुईदिनकी सुत्केरी हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहिबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो ।

बुधबार राती सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टर मार्फत उद्धारका लागि गाउँपालिकाले जिल्ला प्रसासन कार्यालय गोरखालाई करिब साढे बाह्र बजे खबर गरेको थियो । सुत्केरीको उद्धारको लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकोप्टर पठाएको भएपनि हेलिकप्टर नपुग्दै उहाँको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिक्टर झिकाउन नसकिएको उहाँको भनाई छ । ‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उहाँले भन्नुभयो, ‘सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भएपनि सुत्केरी बचाउन सकिएन ।’ बाक्लो हुस्सु लागेर मन्त्रालयको पठाएको हेलिकप्टर समेत अबतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाई हुँदा सुत्केरीको ज्यान गएको उहाँको भनाई छ ।

सडक सञ्जालसंग नजोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टर मार्फत सुत्केर गराउन काठमाण्डौ पठाउनुको अर्को बिकल्प छैन । ‘एक घण्टा मात्र छिटो हेलिकोप्टर पु¥याउन सकेको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो’, उपाध्यक्ष गुरुङले, ‘मौसमले पनि साथ दिएन, प्रक्रिया पनि झण्झटिलो सुत्केरी महिलाले ज्यान गुमाउनु प¥यो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology