खोटाङ ११, भदौं । आफ्नै दाईको हत्या गरेको आरोपमा प्रहरीले भाइ र भतिजालाई पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ कांडे स्थायी घर भएका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका सहोदर भाइ २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यहीं ९ गतेद घरबाट हिडेका गिरीराजन घर नर्फकिएपछि खोजतलासका क्रममा आज बिहान शव फेला परेको थियो । उहाँको शव घरदेखि करिब २ सयमिटर टाढा बारीमा भेटिएपछि घटनाको रहस्य खुलेको थियो ।
घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसेर हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।