सुर्खेत । मन्दिर हिडेकी एक युवतीको मकैबारीमा शव भेटिएको छ । सुर्खेत जिल्लाको कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ एक किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शवव भेटिएको स्थानीय बसन्त सुनारले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।