Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

कुटपिट गरि हत्या गरेको आरोपमा ४ जना पक्राउ


3.9K
Shares

कुटपिट गरि हत्या गरेको आरोपमा ४ जना पक्राउ

मोरङ ९, भदौं । प्रहरीले कुटपिट गरि हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ–६ भण्डारी टोलका ४५ वर्षीय धनराज लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा रवीन तामाङ, सञ्जय तामाङ, आइतराज तामाङ र भाग्य बम्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रबिन र उनकी श्रीमती बिच घरासयी विवादका क्रममा यही भदौं ३ गते राती रबिना जेठान भाग्य स्थानीय धनराज र दुर्गाबहादुर कार्कीलाई साथमा लिएर सम्झाउन बहिनीको घर पुगेका थिए ।सोही क्रममा रवीनका परिवारले आन्तरिक विवादमा बाहिरको मान्छे आएको भन्दै दाउराले उनीहरूलाई निर्घात कुटपिट गरेको पाइएको डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भीर घाइते भएका धनराजको विराटनगरस्थित विराट अस्पतालमा उपचारका क्रममा भदौ ५ को राति मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology