Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सहिद लखन गाउँपालिकाका ८ मा उच्च शिक्षा अध्ययनका लागि अनुदान


3.2K
Shares

सहिद लखन गाउँपालिकाका ८ मा उच्च शिक्षा अध्ययनका लागि अनुदान

गोरखा ९, भदौं ।  गोरखाको शहिद लखन गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागी आर्थिक अनुदान दिने भएको छ । पालिका अन्तरर्गतको वडा नम्बर ८ मा बसोबास गर्ने दलित बिद्यार्थीहलाई वडाले जनही २५ हजार दिर्ने निर्णय गरेको वडाध्यक्ष काशिनाथ अंगाईले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७७/०७८ को स्विकृत कार्यक्रम अन्र्तगत वडा नम्बर ८ भित्र बसोबास गर्ने दलित बिद्यार्थीहरु मध्ये शैक्षिक शत्र २०७७/०७८ मा सामुदायिक बिद्यालयबाट एसईई परिक्षामा समावेश भई उत्कृट अंक प्राप्त गर्ने १–१ जना छात्र र छात्रालाई जनही २५ हजार रुपैयाँ दिने ब्यवस्था गरिएको उहाँको भनाई छ ।

वडा कार्यालयले एक सूचना नै जारी गर्दै आफुले अध्ययन गरेको बिद्यालयलबाट एसईईमा प्राप्त गरेको लब्धाङ्क पत्र, जन्म दर्ता प्रमाण पत्र सहित वडा कार्यालयमा सम्र्पक गर्न भनेको छ । सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बानीको बिकास गर्न र त्यस मध्ये पनि दलित बिद्यार्थीहरुको हकमा उनीहरुले उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्वेश्यका साथ यस्तो कार्यक्रम ल्याईएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology