Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा थप ३३ जनामा कोरोना संक्रमण : जिल्लाभर संक्रिय संक्रमितको संख्या ३४५ जना


2.3K
Shares

गोरखामा थप ३३ जनामा कोरोना संक्रमण : जिल्लाभर संक्रिय संक्रमितको संख्या ३४५ जना

गोरखा ८ भदौं । गोरखाको ४ स्थानिय तहमा आज थप ३३ जनामा संक्रमण देखिएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट र भिमसेन थापा गाउँपालिकामा गरी मंगलबार ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज संक्रमण देखिएका मध्ये प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त २६ जना महिला र २२ जना पुरुष गरी ४८ जनाको नजिता प्राप्त हुदा १२ जनामा र २९ जना महिला र ४२ जना पुरुष गरी ७१ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा २१ जनामा संक्रमण देखिएको हो ।

कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआरको नतिजामा आरुघाट गाउँपालिकामा ७ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ ।त्यस्तै गरी एन्टिजेन परिक्षण गरीएको गोरखा अस्पतालमा २ जना महिला र १ जना पुरुष, पालुङटार नगरपालिकामा २ जना महिला र ४ जना पुरुष, आरुघाट गाउँपालिकामा २ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ५–५ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।

आज संक्रमण देखिएका मध्ये १६ जना महिला र १७ जना पुरुष रहेका छन् । त्यस्तै गरी आजै कार्यालयले विभिन्न स्थानिय तहमा गरी ९ जना महिला र २४ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ । मंगलबार ३३ जनामा संक्रमण देखिए संगै जिल्लाको विभिन्न स्थानिय तहमा ३४५ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology