काठमाण्डौं ४, भदौ । डुबेर एकैघरका दुई दाजु भाइको मृत्यु भएको छ । रुकुम पश्चिममा दहमा मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दाजु भाइको मृत्यु भएको हो । मुसीकोट नगरपालिका १ सल्लेका एकै घरका दुई दाजु भाइ भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा शुक्रबार डुबेर बेपत्ता भएका थिए ।
साथीहरुसँग घुम्न गएका उनिहरु पौडे खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुको शव दहमै भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक धु्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी गर्दा उनिहरु मृत अवस्थामा भेटिएका हुन् ।