Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

एमालेसंग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टी दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह


4.1K
Shares

एमालेसंग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टी दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह

काठमाण्डौं ४, भदौं ।  नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।

आज आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ को १ ङ र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् ।

उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमाले सँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् । साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology