Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा जिउ मास्ने बेच्ने अभियुक्तलाई जेल चलान


3.1K
Shares

गोरखामा जिउ मास्ने बेच्ने अभियुक्तलाई जेल चलान

गोरखा ३ भदौं । गोरखामा जिउ मास्के बेच्ने अभियोग लागेका एक फरार अभियुक्त गोरखा छोप्राकका एक जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । गोरखा सिरानचोक गाउँपालिका ५ स्थायी घर भएका शिवचन्द्र पोखरेललाई आज प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिन सफल भएको हो ।

०५८ साल जेठ ८ गते स्थानिय युवतीलाई ललाईफकाई जिउ मास्ने बेच्ने कार्यमा लागेको प्रमाणीत भएका कारण गोरखा जिल्ला अदालतबाट १ बर्ष कैद सजायको फैसला भएकोमा ६ महिना २३ दिन कैद भुक्तान गरेको र ५ महिना ७ दिन कैद भुक्तान हुन बाँकी देखिए पछि आज उनलाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताउनुभयो ।

५३ बर्षिय पोखरेल घरमा नै लुकीछिपी बस्दै आएको भन्दै सूचनाको आधारमा आज प्रहरीले उनलाई आफ्नै घर बाट नियन्त्रणमा लिन सफल भएको कार्यालयले जनाएको छ । पक्राउ परेको पोखरेललाई आजै गोरखा जिल्ला अदालत पेश गरीएको र बाँकी सजाय भूक्तानकालागी गोरखा कारागार पठाईएको गोरखा जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology