Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पहिराले पुरीदा १ जनाको मृत्यु : चार जना वेपत्ता, एक गम्भिर घाइते


4.4K
Shares

पहिराले पुरीदा १ जनाको मृत्यु : चार जना वेपत्ता, एक गम्भिर घाइते

नुवाकोट ३, भदौं । अविरल वर्षासँगै आएको पहिराले पुरिदा आज विहान एक जनाको मृत्युभएको छ । पहिरो पन्छाउने क्रममा फेरी अर्को पहिरो आएर पुरिदा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कालधाराका ४० वर्षका विष्णुप्रसाद लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार आज विहान सवा तीन वजे लामिछानेले घर पछाडी रहेको करेसामा खसेको पहिरो पन्छाउने क्रममा मृत्यु भएको दुलालले बताउनुभयो ।

वर्षातको समयमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणलाई सचेत गराएको छ । यसैबिच रसुवामा पहिरो खस्दा एकै परिवारका चार जना वेपत्ता रहेका छन् । भने एक जना गम्भिर घाइते भएका छन् । पहिराले घर पुरिदा नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँंडाका श्यामकुमार तामाङको परिवारका चार जना वेपत्ता भएको र घरमुली तामाङ भने गम्भीर घाइते भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो ।

पहिरोले तामाङको श्रीमती ,छोराछोरी समेत गरी चार जना वेपत्ता भएका हुन् । घर पुरिदा घाइते तामाङलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । पहिराले त्रिशूली–छहरे–टोखा मार्गको वीचमा रहेको गुरुङगाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकोे जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । यातायात सुचारु गर्नका लागि पहिरो पन्छाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology