गोरखा २, भदौं । गोरखा र तनुहँ जोड्ने मर्स्याङ्दी नदी माथिको पुल बाढीले बगाएको छ । गएराती आएको बाढीले जिल्लाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिका–३ तुरतुरे जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो ।
बाढीले बगाएको सो पुल पूरानो भएको स्थानीयले बताएका छन । सो पुल भन्द केहि स्थान माथी मोटरेवल नयाँ पक्की पुल केहि समयअघि मात्रै निर्माण भएर सञ्चालनमा आइसकेको छ ।