गोरखा २ भदौं । गोरखमा निषेधाज्ञा उल्लंघन गर्ने ६ वटा बोलेरो जिप र ३ वटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । दशौं पटक थप भएको निषेधाज्ञाको पहिलो दिन निषेधाज्ञाको उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएका बोलेरोलाई ५/५ हजार हजार रुपैयाँ र ३ वटा मोटरसाईकललाई एकएक हजार जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढेपछि बुधबारदेखि कडा खालको निषेधाज्ञा लगाइएको हो ।