Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको ६ स्थानिय तहमा थपिए ५३ जना कोरोना संक्रमित : कुन पालिकामा कति हेर्नुहोस !


2.5K
Shares

गोरखाको ६ स्थानिय तहमा थपिए ५३ जना कोरोना संक्रमित : कुन पालिकामा कति हेर्नुहोस !

गोरखा १, भदौं । गोरखा जिल्लाका बिभिन्न ६ वटा स्थानीय तहहरुमा आज ५३ जना कोरोना संक्रमित थपिएका छन  । जिल्लाको गोरखा र पालुङटार नगरपालिका, गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिमा मंगलबार ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये पीसीआर तर्फ ९ जना महिला र ८ जना पुरुष गरी १७ जना र एन्टिजेनत तर्फ २२ जना महिला र १४ जना पुरुष गरी ३६ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयबाट आज प्राप्त ३१ जना महिला र ३९ जना पुरुषको पीसीआर नतिजा प्राप्त हुदा १५ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ गोरखा नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष तथा पालुङटार नगरपालिकामा ६ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी आजै कार्यालयले विभिन्न स्थानिय तहमा ८३ जना महिला र ६७ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा २२ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ ।

जस अन्तरर्गत गोरखा अस्पतालमा १ जना महिला र ४ जना पुरुष, पालुङटार नगरपालिकामा ४ जना महिला र २ जना पुरुष, आरुघाट गाउँपालिकामा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी भिमसेन थापा गाउँपालिकामा १० जना महिला र ६ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा १ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा ६ जना महिलामा संक्रमण देखिएको छ ।

मंगलबार साँझ सम्म जिल्लाको ११ वटै स्थानिय तहमा गरी ६०३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयले आज भने कुनै पनि स्थानमा पीसीआर संकलन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology