Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा फेरि आज एकैदिनमा १२६ जनामा कोरोना संक्रमण


2.2K
Shares

गोरखामा फेरि आज एकैदिनमा १२६ जनामा कोरोना संक्रमण

गोरखा ३२, साउन । गोरखाको विभिन्न स्थानिय तहमा आज थप १२६ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका, गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा, अजिरकोट र सिरानचोक गाउँपालिमा सोमबार १२६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये पीसीआर तर्फ ४७ जना महिला र ४२ जना पुरुष गरी ८९ जना र एन्टिजेनत तर्फ २२ जना महिला र १५ जना पुरुष गरी ३७ जना रहेका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालयबाट आज प्राप्त १८१ जना पुरुष र १४८ जना महिलाको पीसीआर नतिजा मध्ये ४७ जना महिला र ४२ जना पुरुषमा संक्रमण देखिएको हो ।

कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ गोरखा नगरपालिकामा १३ जना महिला र १४ जना पुरुष, आरुघाट गाउँपालिकामा १७ जना महिला र १९ जना पुरुषका साथै सिरानचोक गाउँपालिमा १७ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी आजै कार्यालयले विभिन्न स्थानिय तहमा ६० जना महिला र ४७ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा २२ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ ।जस अन्तरर्गत गोरखा अस्पतालमा ६ जना महिला र २ जना पुरुष, आरुघाट र सिराचोक गाउँपालिकामा क्रमश।२ जना र १ जना महिला, भिमसेन थापा गाउँपालिकामा ७ जना महिला र ३ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा ६ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको छ ।

सोमबारसम्म जिल्लाको ११ स्थानिय तहमा गरी ५६७ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।कार्यालयले आज पनि ५६ जना महिला र ४१ जना पुरुषका पीसीआर संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology