गोरखा, ३२ साउन : गोरखाको पालुङटार नगरपालिका क्षेत्र भित्र दुध उत्पादन बढाउन ५ वटा भैसी पालक किसान समुहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका छनोटमा परेका समुहका ४८ जना किसानलाई १५ लाख ६० हजार रुपैया अनुदान उपलब्ध गराइएको नगरपालिका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
‘सवै किसानले गोठमा भैसी ल्याएपछि प्रत्येकलाई भैसी खरिद बापत ३० हजार रुपैया तथा ढुवानी बापत २५ सय रुपैया अनुदान रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, संघिय सरकारको सर्शत कार्यक्रम भएकाले नगरपालिकाले पनि साझेदारी कार्यक्रम अन्र्तगत २ प्रतिसत सहुलियत व्याजदरमा प्रत्येक किसानहरुलाई ५० हजार रुपैया ऋण सहयोग उपलब्ध गराएको छ ।’
नगरपालिका क्षेत्रमा दुधको माग बढी हुने गरेको भएपनि व्यवसायिक रुपमा दुध उत्पादनमा लाग्ने किसानहरु न्युन भएकाले किसानहरुलाई प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘बिशेष गरि नगरपालिकालाई दुधमा आत्मा निर्भर बनाउने कार्यक्रमको लक्ष्य हो, प्रमुख देवकोटाले भन्नुभयो, दुधको माग बढी छ तर व्यवसायिक रुपमा उत्पादनका लागि पशुपालन गर्ने किसानहरुको संख्या न्युन भएकाले व्यवसायिक दुध उत्पादनमा सहयोग पु¥याउन कार्यक्रम सञ्चालन गरिएको हो ।’
अनुदान उपलब्ध गराउनु अघि शाखाबाट प्रत्येक किसानको घरघरमा पुगेर भैसी पाल्नका लागि घाँस, गोठको अबस्थाको बारेमा समेत अनगमन गरिएको उहाँको भनाई छ । अनुदान उपल्ब्ध गराएका भैसी पालक समुहबाट दुध उत्पादन सुरु भईसकेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नम्बर ४ ठाँटीचौर स्थित ठाँटी चौर भैसी पालन समुह, वडा नम्बर ५ माँझखोर स्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरि २० जनालाई अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ५ माँझखोर स्थित श्री नौखोर पशुपालक कृषक समुह, वडा नम्बर १ को ज्वोती चौतारामा रहेको श्री ज्योती दुग्घ संस्थान कृषक समुह, वडा नम्बर १० लप्सी चौर स्थित श्री मिलिजुली पशुपालन समुहमा आबद्ध भएका २८ जनालाई अनुदान रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । प्रमुख देवकोटाले भैसी खरिद दुवानीका प्रदान गरिएको बाहेक प्रत्येक भैसीपालक कृषक समुहलाई ५ हजार रुपैयाका दरले समुह सञ्चालनका लागि खर्च रकम प्रदान गरिएको बताउनुभयो ।
समुहगत रुपमा कार्यक्रम सञ्चालन गरिएकाले सवै समुहले समुह दर्ता गरि नियमित रुपमा सञ्चालन गर्न सहयोग पुगोेस् भनेर समुहलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको छ, उहाँले भन्नुभयो,‘समुहले नविकरण, फाइल खरिद लगायतका शिर्षकमा उक्त रकम खर्च गर्न पाउनेछन् ।’ प्रमुख देवकोटाले अनुदान उपलब्ध गराइएको समुह र कृषकहरुको नगरपालिकाबाट नियमित अनुमगन समेत गरिने जानकारी दिनुभयो ।
