Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शव पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटनाग्रस्त : चालकको ज्यान गयो


2K
Shares

शव पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटनाग्रस्त : चालकको ज्यान गयो

रोल्पा ३०, साउन । आज बिहानै एम्बुलेन्स दुर्घटना हुदा चालकको ज्यान गएको छ । भैरहवाबाट लाप्चुन शव पुर्याएर घर्तीगाउँ जादै गरेको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनएको छ ।

बिहान अन्दाजी ३m३० बजेको समयमा माडी गाउँपालिका–२ झ्याङ्जेखोलामा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परि एम्बुलेन्सका चालक माडी गाउँपालिका–६ जलपाका ३७ वर्षीय ओमप्रकाश घर्तीमगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्मृति हस्पिटल प्रालिका अध्यक्ष दलबहादुर घर्तीले एम्बुलेन्समा रहेका पृथिप्रसाद पुन सामान्य घाइते हुनुभएको र उहाँको उपचार भइरहेको जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology