Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

किशोरीलाई जबरजस्ती बलात्कार गर्ने युवकलाई १२ बर्ष जेल


3.2K
Shares

किशोरीलाई जबरजस्ती बलात्कार गर्ने युवकलाई १२ बर्ष जेल

नुवाकोट :  जिल्ला अदालत नुवाकोटले जबरजस्ती करणीमा कसुर ठहर भएको एक युवकलाई १२ वर्ष कैद सजायको फैसाला गरेको छ । गत वर्ष वैशाख ३० गते नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का १५ वर्षका किशोरीलाई करणी गरेको आरोप प्रमाणित भएपछि अदालतले ती युवकलाई १२ वर्ष कैद सजायको फैसला गरेको हो ।

विदुर नगरपालिका–१२ का १९ वर्षका केदार पौडेल दोषि ठहर भएपछि १२ वर्ष कैद सजायको फैसला गरिएको जिल्ला अदालत कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको एकल इजलासले पौडेललाई युवतीलाई करणी गरेको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काका अनुसार पौडेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत फैसला भएको छ । यसअघि, नुवाकोट जिल्ला अदालतले गत २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो । स्थानीयवासीले उनलाई युवती करणी गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology