Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आमा गुमाएकी छोरीलाई बावु र अंकलबाटै बलात्कार: दाइको जाहेरीपछि दुवै पक्राउ


4.1K
Shares

आमा गुमाएकी छोरीलाई बावु र अंकलबाटै बलात्कार: दाइको जाहेरीपछि दुवै पक्राउ

पर्वत २८, साउन । पर्वतमा छोरीलाई बलात्कार गर्ने आफ्नै बुवा र काकालाई प्रहरीले पक्राउ गरेको छ ।मातृत्व गुमाएकी १६ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनकै बाबु र अंकललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।

घटना दोहोरिएपछि डराएकी बालिका विभिन्न माध्यमबाट दुई महिनापछि प्रहरी सम्पर्कमा पुगेको बताइएको छ । उनका दाजुले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पीडितले प्रहरीलाई दिएको बयान अनुसार गत जेठ ७ गते बाबुले जबरजस्ती करणी गरेका थिए भने अंकलले सोही महिनाको २३ गते जबरजस्ती करणी गरेका थिए ।

“घटना निकै दर्दनाक छ । गत जेठ र साउनमा गरेर पालैपालो बलात्कार गरेका रहेछन् । घरायसी अवस्था निकै नाजुक छ,” अधिकारीले भन्नुभयो।

पीडकलाई जबरजस्ती करणी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । आमाको निधन भइसकेपछि ति किशोरीको संरक्षणको जिम्मा बाबुमा सरेको छ । तर, बाबुबाट अभिभावकत्व पाउनु त कता हो कता बरु दर्दनाक पीडा पाइरहेकी छन् । बाबुमात्रै होइन, ती किशोरीलाई अंकलले पनि थप पीडा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology