बुटवल २६, साउन । सडक माथिबाट खसेको ढुङगा लागेर गुडिरहेको स्कार्पियो गाडी खोलामा खसेको छ । बुटबलको तानसेन सडक खण्डमा माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कार्पियो गाडीमाथि ढुंगो खसेको हो । ढुंगाले गाडीलाई तिनाउ खोलामा खसेको छ ।
उक्त दुर्घटनामा परि स्कार्पियोमा सवार ४ जना गम्भिर घाइते भएका छन् ।पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पाल्पाबाट बुटबल तर्फ आउदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो माथि ठुलो ढुंगा झरेपछि गाडी सडकबाट १ सय मिटर तल तिनाउ खोलामा झरेको थियो ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।