Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने दाजुभाई पक्राउ


29.1K
Shares

गोरखामा आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने दाजुभाई पक्राउ

गोरखा २४, गोरखामा आफ्नै छोरीलाई बलात्कार गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पालुङटारका वडा नम्बर ८ मा ११ बर्षकी छोरीलाई बलात्कार गर्ने बुबा र काकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनिहरु दाजुभाई मिले पटक पटक छोरीलाई बलात्कार गरेको पुष्टी भएको प्रहरीको भनाई छ ।

उनिहरुले आमा परपुरुष संग सम्बन्ध राखि गएको संरक्षकको रुपमा रहेका आफ्नै ३७ बर्षिय बुवा र काकाले ललाई फकाई पटक पटक करणी गर्दै आएको खुलेका हो । बालिका बिरामी पर्न थालेपछि आफ्नै फुपुले स्थानिय स्वास्थ्य संस्थाका साथै असार २७ गते राजधानीको थापाथलीमा रहेको प्रसुती गृहमा लगि चेकजाँच गराउदा पाठेघरमा समस्या देखिएको अप्रेशन गनुपर्ने बताएपछि बालिकालाई सोधपुछ घटनाको रहस्य खुलेको हो ।

बालिकालाई आफ्नै बुवाले रातको समयमा लगाई फकाई गरी आफ्नै कोठामा लगेर करणी गर्ने र काकाले पनि ०७७ साल कार्तिक महिनामा १ पटक करणी गरेको बयान प्रहरीमा दिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

बालिकाको तर्फबाट निजकी फुपुले जबरजस्ती करणी शिर्षकमा उनीहरु बिरुद्व जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेको दुवैलाई आज गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । दुवैलाई गोरखा प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology