सुनसरी २४, साउन । मोटरसाईकलको अनियन्त्रित भएर दुर्घटना हुदा एक जनाको मृत्यु छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह–४ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो।
पूर्वतर्फ आउँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीको भोक्राहानरसिंह–४ का ३५ वर्षीय हेमन उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । हेमन मोटरसाइकलको पछाडि बस्नुभएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ का ४० वर्षीय बाबुराम उराउ सामान्य घाइते हुनुभएको छ । उहाँको इनरुवा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।