Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको अबुवामा भेटियो महिला शब : शव पहिचान गर्न नसक्ने अवस्थामा


3.2K
Shares

गोरखाको अबुवामा भेटियो महिला शब : शव पहिचान गर्न नसक्ने अवस्थामा

गोरखा, २३ साउन। गोरखाको अबुवा बजार क्षेत्रमा रहेको दरौदी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ ।

गोरखा नगरँपालिको १४ को अबुवा बजार संगै रहेको दरौदी नदी किनारमा पहिचान खुल्न नसकेको १ जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

स्थानियले नदी किनारमा शव देखे पछि प्रहरीलाई जानाकारी आएको कार्यालयले जनाएको छ ।

वेवारिशे अवस्थामा पाईएको शवको अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

महिलाको शव सडिगलेको अवस्थामा रहेकोले पहिचान गर्न नसकिने अवस्थामा रहेको कार्यालयले जनाएको छ । आजै गोरखाका अर्कुलमा पनि १ जना पुरुषको शव दरौदी नदी बिच बगरमा फेला परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology