Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा बाँदर कुर्न गएका एक व्यक्ति खोलामा मृतावस्थामा भेटिए


5.8K
Shares

गोरखामा बाँदर कुर्न गएका एक व्यक्ति खोलामा मृतावस्थामा भेटिए

गोरखा २२, साउन । गोरखामा मकै बारीमा बाँदर कुर्न गएका एक व्यक्ति खोलामा मृतावस्थामा भेटिएका छन् । । उत्तरी गोरखाको धार्चे गाउँपालिका २ केरौजाका ३७ बर्षिय काले गुरुङ गाउँ नजिकैको खाम्चे खोलामा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

उहाँ हिजो बिहान ८ः०० बजे घरबाट बेशीमा रहेको मकै बारीमा बादर कुर्न गएको र शुक्रबार आज बिहानसम्म पनि परिवारको सम्र्पकमा नआएपछि स्थानिय र प्रहरीको सहयोगमा खोजतालस गर्दा बिहान ९: ३० बजे खाम्चे खोलामा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो । गुरुङ घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई समेत जानकारी गराएको थियो ।

स्थानिय तथा प्रहरीका अनुसार बारीमा बादर आए पछि लखेट्दै जाने क्रममा भिरबाट लडेर १५० मिटर तल रहेको खाम्ते खोलामा खसेको अनुमान गरिएको छ । घरदेखी २ किलो मिटर टाढा रहेको उत्त स्थानमा प्रहरीले स्थानिय संग बुझने काम भई रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology