Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

भरुवा बन्दुक सहित तामाङ पक्राउ


2K
Shares

भरुवा बन्दुक सहित तामाङ पक्राउ

खोटाङ २१, साउन । भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित झुलेका ५४ वर्षीय साङ्गे तामाङलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले तामाङलाई घरैबाट पक्राउ गरेको हो ।

प्रहरीले तामाङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, २५० ग्राम बारुद, २५० ग्राम सोडा, २८ थान सिसाको छर्रा, ३४ थान ढुङ्गाको छर्रा, ४० थान कराईको टुक्रा छर्रा, १ बट्टा सलाई र ३ थान सिसा ब्याट्री समेत बरामद गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । पक्राउ परेको तामाङ माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology