गोरखा २१, साउन । ट्याक्टर मोटरसाइकलको ठक्करबाट गोरखाका दई आमा छोरा गम्भीर घाइते छन् । तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पृथ्वी राजमार्गमा मोटरसाईकल र ट्याक्टर ठोकिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नम्बरको मोटरसाईकल र पोखरातर्फ जाँदै गरेको ना ६ त १०५५ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार गोरखा गोरखा नगरपालिका ११ बाह्रकिलो निवासी ४० वर्षका दामबहादुर थापा र पछाडि बस्ने उहाँकी आमा ६५ वर्षिया तिलककुमारी थापा घाइते हुनुभएको हो ।
दुवैको अवस्था चिन्ताजनक रहेको र पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ