Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अवैध उत्खनन् गर्ने चालक सहित सवारी साधनलाई प्रहरीले गर्यो पक्राउ


2K
Shares

अवैध उत्खनन् गर्ने चालक सहित सवारी साधनलाई प्रहरीले गर्यो पक्राउ

नुवाकोट २०, साउन । वर्षात्को समयमा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्नेलाई प्रहरीले कारवाही सुरु गरेको छ । अबैध उत्खनन् गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालक सहित दुई थान आइचर गाडी नियन्त्रणमा लिइएको छ ।

लिखु गाउँपालिका ३ गड्खारस्थित लिखु खोलामा अवैध रुपमा बालुवा उत्खनन् गरि लोड गरिरहेको अवस्थामा सोमबार राती उनीहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रकाउ परेकाहरुलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैवीच, ककनी गाउँपालिकाको घुमाउनेवाट पनि अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न एक थान स्काभेटर सहित चालकलाई नियन्त्रणमा लिइएको छ । प्रकाउ परेकालाई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय विदुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology