Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा ६ सय २० जना कोरोना संक्रमित


2.5K
Shares

गोरखामा ६ सय २० जना कोरोना संक्रमित

गोरखा १९, साउन । गोरखा जिल्लामा ६२० जना कोरोना संक्रमित पुगेका छन् । जिल्लामा आज थप ४३ जनामा संक्रमण पुष्टी षुष्टी भएसंगै संगै संक्रिय संक्रमितको संख्या ६२० पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा अस्पताल, आरुघाट, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आज संक्रमण देखिएका सबै जना एन्टिजेन गर्दा देखिएको हो । ८४ जना महिला र ६० जना पुरुषमा एन्टिजेन गर्दा १९ जना महिला र २४ जना पुरुषमा संक्रमण देखिएको हो । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा अस्पतालमा २ जना महिला र १२ जना पुरुष, आरुघाट गाउँपालिकामा २ जना महिला, बारपाक सुलिकोट गाउँपालिकामा ६ जना महिला र ३ जना पुरुषका साथै अजिरकोट गाउँपालिकामा ८ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।

आज प्रदेश स्वास्थ्य निर्देशनालयबाट कसैको पनि पीसीआर रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको छ । आजै कार्यालयले ४५ जना महिला र २७ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology