Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन निर्देशन


4.4K
Shares

खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन निर्देशन

काठमाण्डौ १७, साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क गर्न र गराउन निर्देशन दिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामकाजको लागि बिदेश जानेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आज सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको हो ।

खोप लगाएको प्रमाणीकरण निशुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णय अनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जन गुनासो आएको भन्दै मन्त्रालयले पुनः उक्त निर्देशन कार्यान्वयनका लागि भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology