काठमाण्डौ १६, साउन । तास खेलिरहेका ६ जना जुवाडेलाई प्रहरीले खालबाट नै पक्राउ गरेको छ । दमक नगरपालिका–८ मा सञ्चालन गरेको पेरुङगो होटेलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हाटेल सञ्चालक ३२ वर्षीय पदम लिम्बू पनि रहेका छन् । प्रहरीले तासको खालबाट एक लाख ६० हजार रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ ।