गोरखा १४, साउन । गोरखा जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक जसो बढ्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणको दर उच्च नै छ । आज जिल्लाभर थप ४३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ ।
कार्यालयका अनुसार बिहीबार पीसीआर तर्फ १७ जना र एन्टिजेन तर्फ २६ जनामा संक्रमण देखिएको छ ।
प्राप्त विवरण अनुसार गोरखा नगरपालिकामा ८ जना महिला र २२ जना पुरुषमा गरिएको पीसीआरमा ६ जना महिला र ११ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै, आज गरिएको एन्टिजेनमा गोरखा नगरपालिकामा ६/६ जना महिला र पुरुष, गोरखा अस्पतालमा १ जना महिला र ५ जना पुरुष संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
उता अजिकोटमा १/१ जना महिला र पुरुषमा तथा सिरानचोकमा ४ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् । त्यस्तै गरी आजै पालुङटारमा २८ जना महिला र २३ जना पुरुषका पीसीआर संकलन गरिएको छ ।