महोत्तरी १४, साउन । खोलाको किनारामा टाउको नभएको शव भेटिएको छ । शवको टाउको, छाती नरहेको र पेट लगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शव महिलाको हो वा पुरुषको भन्ने बारेमा समेत खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो ।
जलेश्वर नगरपालिका ३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा आधा शव फेला परेको हो ।
रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । रासस