गुल्मी १३, साउन । जीप दुर्घटना परि आज ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाबाट गुल्मी सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिनुभयो ।
जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । जीप सडकबाट ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।