गोरखा १२, साउन । कोरोना संक्रमणको दरब बढ्न थालेपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ सिल गरिएको छ । बडा भित्र कोरोना संक्रमणको तिब्र गतिमा बढ्न थालेपछि वडा सिल गरिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमणको बिषम परिस्थितीलाई गम्भीरता पूर्वक लिदै संक्रमण रोकथाम र न्युनिकरणका लागि नगरपालिकाले आजदेखि यही साउन १९ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।
सो अबधीमा वडा भित्र सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट, बैंक तथा सहकारीहरु पूर्ण रुपमा बन्द हुने नगरपालिकाले जनाएको छ । त्यस्तै वडा भित्र सञ्चालित खोप कार्यक्रम समेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।