काठमाण्डौं १३, साउन । प्रहरी प्रहरी बिच भएको गोली हानाहानमा परि ७ जनाको मृत्यु भएको छ । भारतको पूर्वोत्तरमा रहेका राज्यहरू असम र मिजोरमका प्रहरी बलबीच यसै साता भएको गोली हानाहानमा परी मर्ने प्रहरीको संख्या सात पुगेको हो ।
यी दुई राज्यको सीमाका विषयमा विवाद क्रममा गोली हानाहान भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । छैटौं असम प्रहरी बटालियनका श्यामप्रसाद दुसात पेटमा गोली लागेर भएको घाउका कारण सिलचार मेडिकल कलेज हस्पिटलमा बितेको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट लेखेर जानकारी दिनुभएको छ ।
सोमवार भएको हिंस्रक भिडन्तमा पाँचजना प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको थियो ।