Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ


3.5K
Shares

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ

काठमाण्डौ १३, साउन । प्रहरीले ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरु पक्राउ गरेको छ । कलंकी, खसिबजार स्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार बिनोद गोतामेलाई प्रलोभनमा पार्न खोज्दै सवारी चालकलाई पक्राउ गरेको हो ।

सु.प्र.-०१-००१ ख २४७३ नम्बरको भाडा ट्रक जिल्ला डडेलधुरा बस्ने बर्ष २४ को कर्ण पाललाई र ना ५ ख ५१४२  भाडा बस जिल्ला बारा बस्ने बर्ष ३७ को मोहम्मद अन्सारीलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत दुवै चालक लाई सडक पार्किङ्गमा कारवाही गर्न खोज्दा निज चालकहरुले रु १ सय र रु ५ सय रुपैया घुस दिन खोजेको प्रहरीको भनाई छ ।

आर्थिक प्रलोभनमा पार्न खोजेकोले निज चालकहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology