अर्घाखाँची ११, साउन । कोराना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु आइतबार उपचारका क्रममा मृत्यु भएको थियो ।
नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने निर्णय गरेको नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । बैठकले सबै वडा र नगरमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।