काठमाण्डौं ११, साउन । नेपाली काग्रेसले गोरखाले बूढीगण्डकी आयोजना छिटो निर्माण गर्न र प्रभावित क्षेत्रका बिस्थापित जनतालाई पुनस्थापनाको उचित ब्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर डुबान क्षेत्रमा परेको घरगोठ, बोटबिरुवाको तत्काल मुआब्जा बितरण गर्नुपर्ने, मुआब्जा बितरण गर्दा ह्रासकट्टी गर्न नहुने, पुर्नबास तथा, पुनस्र्थापनाको ब्यवस्था तत्काल गर्नुपर्ने माग गरेको हुन् ।
बूढीगण्डकी आयोजना भित्र बन्ने भनिएको रिङरोड निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने, आरुघाट बजारमा रहेका सरकारी कार्यालय र संघ संस्थाको बैकल्पिक ब्यवस्था गरिनुपर्ने, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा १५३ कित्ता जग्गा सरकारले रोक्का गरेको तर कुनै किसिमको काम नभएको प्रति कांग्रेस गोरखाले प्रधानमन्त्रीको ध्ननाकर्षण गराएको हो ।
जनताको जग्गा सरकारले अधिकरण गर्दा जनताले बाहाल कर तिर्नुपरेकाले फिर्ता गर्नुपर्ने, गुनासो लामो समय सम्म सुनुवाई नभएको, आयोजना भित्र फिल्डबुकमा जग्गा भएको तर पुर्जा नभएकालाई मुआब्जाको ब्यवस्था गर्नुपर्ने, ऐलानी र प्रती जग्गामा बसेकालाई पनि अन्यत्र बसोबासको ब्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।