काठमाडौं ९ साउन । प्रहरीलाई रडले हिकार्उन खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका ९ च्यामासिंहस्थित डिउटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार बिहान उक्त स्थानामा महानगरीय प्रहरी वृत्त जगातीबाट डिउटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजे पश्चात् उनलाई रडसहित प्रहरीले पक्राउ गरेको हो।