कन्चनपुर ८, साउन । मोटरसाईकलको ठक्करबाट गएराती एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्करबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती बिष्णु खना गम्भीर घाइते हुने भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
रामको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।