गोरखा ५, साउन । गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्र एसइई परीक्षामा उत्कृष्ठ अंङक प्राप्त गर्ने एक बिधार्थीलाई पुरस्कृत गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालले २०७६ सालको एसइई परीक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने आरुघाट –१०, की छात्रा स्वीकृति खनाल (३.९५ GPA) लाई ७५ हजार रुपैया नगर पुरस्कार प्रदान गर्नुभएको हो ।
गाउँपालिकाले द्वन्द्वपीडित एवम् विपन्न वर्गका कम्तिमा B+ भन्दा माथि नतिजा हासिल गरी प्राविधिक धारमा अध्ययन गर्ने दुई जनालाई पनि प्रति व्यक्ति ५० हजार रुपैयाका दरले पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो । दलित छात्रा तर्फ पुरस्कृत हुनेमा आरुघाट–२ का सारा सुनार रहेको गाउँपालिकाले जनाएको छ ।
आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप यस गाउँपालिकाभित्र संचालित सामुदायिक विद्यालयमा अध्ययन गरी SEE परीक्षा २०७६ मा गाउँपालिकाभरिबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरु मध्येबाट १ जना र दलित, द्वन्द्वपीडित एवम् विपन्न वर्गका कम्तिमा B+ भन्दा माथि नतिजा हासिल गरी प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुमध्येबाट सर्वोत्कृष्ट एकरएक जनालाई पुरस्कार प्रदान गरेको हो ।
