Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोठालो गएका २ बालिका नदीमा डुवेर बेपत्ता


2.6K
Shares

गोठालो गएका २ बालिका नदीमा डुवेर बेपत्ता

प्युठान ५, साउन । गोठालो गएका दुई बालिका नदी डुवेर बेपत्ता भएका छन् । प्यूठानको सरुमारानी गाउँपालिका–४ की ८ वर्षीया विपना थापा मगर र मान्द्रेकी ७ वर्षीया शर्मिला थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

सोमबार दिउँसो बाख्रा चराउन गएका उनिहरु पौडी खेल्ने क्रममा माडी नदीमा बेपत्ता भएका वडा अध्यक्ष चिन्तबहादुर सोमै मगरले जानकारी दिनुभयो । बेपत्ता बालिकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology