लम्जुङ ४, साउन । टिभी हेरिरहेका बेला करेन्ट लागेर आज एक बालिकाको मृत्यु भएको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ७ को सालफेदी बस्ने ८ बर्षिया श्रृष्टि पाण्डेको टिभी हेर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङ जनाएको छ ।
करेन्ट लागेर घाईते भएकी बालिकाको धमिलीकुवामा रहेको सहोदर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिभी हेर्ने क्रममा सेन्ट्रल बक्समा छुन पुग्दा एक्कासी बालिकालाई करेन्ट लागेको र उपचारको लागि अस्पताल पुर्याइएको बालिकाका पिता राकेश पाण्डेले जानकारी दिनुभयो ।