Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा थप ३७ जनामा कोरोना पुष्टी : जिल्लाभर अझै संक्रिय संक्रमित ३४५ जना


1.4K
Shares

गोरखामा थप ३७ जनामा कोरोना पुष्टी : जिल्लाभर अझै संक्रिय संक्रमित ३४५ जना

गोरखा ४, साउन । गोरखा जिल्लामा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट, भिमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिकामा संक्रमितहरु थपिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये पीसीआर परिक्षणबाट ११ महिला र ६ जना पुरुष गरी १७ जना र एन्टिजेन मार्फत परिक्षण गर्दा ९ जना महिला र ११ जना पुरुष गरी २० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पिसिआर बिधिबाट शहिद लखन गाउँपालिका ११ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यहाँ २९ जना महिला र २१ जना पुरुषको पीसीआर परिक्षण नतिजा प्राप्त भएका मध्ये १७ जनामा संक्रमण देखिएको छ ।  त्यस्तै गरी आजै एन्टिजेन परिक्षणका क्रममा आरुघाट गाउँपालिकामा ३/३ जना महिला र पुरुष, भिमसेन थापा गाउँपालिमा ६/६ जना महिला र पुरुषका साथै अजिरकोट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज २२ जना महिला र ३० जना महिलामा एन्टिजेन परिक्षण गरिएको थियो । जिल्ला भर सोमबार (आज) पीसीआर संकलन गरिएको छैन । जिल्लाको भित्र सोमबार सम्म ३४५ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology