Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा दिदी लिन गएका युवकलाई खोलाले बगाएर बेपत्ता


8.7K
Shares

गोरखामा दिदी लिन गएका युवकलाई खोलाले बगाएर बेपत्ता

गोरखा ३, साउन । गोरखामा दिदी लिन गएका एक युवकलाई खोलाले बगाएर बेपत्ता बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा काठे पुलबाट खसेर चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । ठाडो खोलामा रहेको पुलबाट खसेर गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दिदीको घरबाट दिदीलाई ल्याउने क्रममा शुक्रबार राति अन्दाजी ११ बजे गुरुङ पुलबाट खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा शनिबार बिहानदेखि खटिएको प्रहर टोलीले खोजतलास जारी राखेको र घटना बारे अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology