गोरखा २, साउन । गोरखाको सहिद लखन गाउँपालिकाको बुङकोटमा कोरोना संक्रमण दर उच्च देखिएको छ । शनिबार (आज) १८ जनाको एन्टिेजन परीक्षण गरिउको गाउँपालिकाको वडा नम्बर ८ स्थित छापथोक गाउँमा १५ जनामा कोरोना पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो कुल परीक्षणको झण्डै ८३.३३ प्रतिसत हो । सोही ठाउँमा यस अघि गरिएको एन्टिेजन परीक्षणमा २५ जनामा २३ जनामा कोरोना पुष्टी भएको थियो । संक्रमणको दर उच्च बनेपछि त्यस क्षेत्रमा थप सर्तकता अपनाइएको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुुभयो ।