गोरखा २, साउन । झण्डै साढे दुई महिनापछि भोलिदेखि गोरखाबाट लामो दुरीको बस छुट्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण जिल्ला भित्र बैशाख २२ देखि जारी गरिएको निषेधाज्ञाका कारण बन्द भएको सार्वजनिक यातायात लामो दुरीमा पनि आइतबारदेखि सञ्चालन गर्न जिल्ला प्रसासन कार्यालय र यातायात व्यवसायीहरु बिच सहमति भएको हो ।
गोरखा जिल्लामा निषेधाज्ञा कायम भएपछि जिल्लाभित्र भने यस अघि नै सार्वजनिक यातायात सञ्चालन भइसकेको छ । लामो दुरीमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रसासनको अनुमति लिनु पर्नेछ ।
प्रसासनले सिमिति संख्यामा व्यवसायीहरुलाई सार्वजनिक यातायातको पास उपलब्ध गराउने र व्यवसायीहरुले त्यसैका आधारमा लामो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्ने जनाइएको छ । व्यवसायीहरुले लामो समयसम्म सार्वजनिक यातायात बन्दहरु व्यवसायीहरु मारमा परेको भन्दै यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।