गोरखा १, साउन । गएरातीदेखि परेको बर्षाका कारण पहिरोले आँबुखैरेनी मुग्लिन सडक खण्ड भाँसिएको छ । र्मस्याङ्दी नदीमा आएको बाढीले सडक कटान गरेको हो ।
बाढीले सडक नै कटान गरेपछि पृथ्वीराजमार्ग एकतर्फी रुपमा मात्र संचालन भएको प्रहरीले जनाएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित र्मस्याङ्दी पावरहाउस नजिकै सडक नदीले कटान गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।