रौतहट ३१, असार । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक असईको ज्यान गएको छ । रौतहटमा कार्यरत नेपाल प्रहरीका असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा ज्यान गएको हो ।
राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई राउतको प्रदेश २–०३–००१ ख।७१५ नम्बरको ट्रकले स ५ प।९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।